घरभित्रको एक्सरसाइजमा हुनसक्छ मांसपेशिमा ऐंठन, कमगर्न खानुहोस् यी ५ फल « Khabarhub

घरभित्रको एक्सरसाइजमा हुनसक्छ मांसपेशिमा ऐंठन, कमगर्न खानुहोस् यी ५ फल


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लकडाउनले हामी कैयौं कामलाई घरभित्रै गर्ने प्रयास गरिरहेका छौ । जीमहल बन्द हुँदा कतिपय मानिस घरभित्रै शारीरिक अभ्यास गर्दै आएका छन् । तर घरमा एक्सरसाइज गर्दा मांसपेशिमा हल्का वा गम्भीर ऐठन हुने सम्भावना उच्च हुन्छ ।

खासमा अचानक कुनै पनि शारीरिक गतिविधि गर्दा मांसपेशिमा लैक्टिक एसिड बन्दछ जसका कारण शरीरमा ऐंठन हुने गर्दछ । आमअवस्थामा शरीरका मांसपेशिमा अक्सिजनको कमीले पनि ऐंठनको समस्या देखापर्दछ । यदि तपाईमा मांसपेशिमा हुने ऐंठनको समस्या छ भने हामी केहि फलका बारेमा बताउँदैछौ जसले यो पीडालाई जरैबाट कम गराउँछ ।

केरा
पोटाशियम, क्यालसियम, र म्याग्नेशियमले भरीपुर्ण केरा मांसपेशिमा ऐंठन कम गर्नमा सहायक मानिन्छ । कुनै पनि शारीरीक गतिविधि पश्चात केरा खानु अत्यन्त लाभदायक हुन्छ । चिकित्सक पनि एक्सरसाइज पश्चात केरा खाने सल्लाह दिन्छन् ।

सखरखण्ड (सुठुनी)
केरा जस्तै सखरखण्डमा म्याग्नेशियम र क्यालसियम पर्याप्त मात्रामा पाइन्छ । तर केरामा भन्दा यसमा क्यालसियमको मात्रा अत्यधिक रहन्छ । सखरखण्डमा केरा भन्दा ६ गुणा बढि क्यालसियम पाइन्छ ।

खरबूजा
खरबुजा पनि मांसपेशिमा हुने ऐंठनबाट राहत दिने फल हो । यसमा सोडियम, क्यालसियम, र म्यानेशियम जस्ता तत्वपाउन सकिन्छ । खरबूजा सोडियम र पानीबीच सन्तुलन बनाएर मांसपेशिको ऐंठन कम गर्दछ ।

पात भएको साग
मांसपेशिको ऐंठनबाट बच्न कुनै पनि शारीरिक गतिविधि पश्चात खानामा पात भएको साग खानु पर्दछ । यसकालागी सागसहित ब्रोकोली र मेथीको पत्ता पनि उपयोगी हुन्छ ।

एवोकाडो
मांसपेशिमा हुने ऐंठनबाट बच्न एवोकाडोको सेवन अत्यन्त लाभदायक मानिन्छ । एवोकाडोमा अत्यधिक मात्रामा फ्याट र क्यालोरी पाइने भएकाले सीमित मात्रामा सेवनगर्नु पर्दछ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १२ : १३ बजे

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता