घरभित्रको एक्सरसाइजमा हुनसक्छ मांसपेशिमा ऐंठन, कमगर्न खानुहोस् यी ५ फल | Khabarhub Khabarhub

घरभित्रको एक्सरसाइजमा हुनसक्छ मांसपेशिमा ऐंठन, कमगर्न खानुहोस् यी ५ फल


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लकडाउनले हामी कैयौं कामलाई घरभित्रै गर्ने प्रयास गरिरहेका छौ । जीमहल बन्द हुँदा कतिपय मानिस घरभित्रै शारीरिक अभ्यास गर्दै आएका छन् । तर घरमा एक्सरसाइज गर्दा मांसपेशिमा हल्का वा गम्भीर ऐठन हुने सम्भावना उच्च हुन्छ ।

खासमा अचानक कुनै पनि शारीरिक गतिविधि गर्दा मांसपेशिमा लैक्टिक एसिड बन्दछ जसका कारण शरीरमा ऐंठन हुने गर्दछ । आमअवस्थामा शरीरका मांसपेशिमा अक्सिजनको कमीले पनि ऐंठनको समस्या देखापर्दछ । यदि तपाईमा मांसपेशिमा हुने ऐंठनको समस्या छ भने हामी केहि फलका बारेमा बताउँदैछौ जसले यो पीडालाई जरैबाट कम गराउँछ ।

केरा
पोटाशियम, क्यालसियम, र म्याग्नेशियमले भरीपुर्ण केरा मांसपेशिमा ऐंठन कम गर्नमा सहायक मानिन्छ । कुनै पनि शारीरीक गतिविधि पश्चात केरा खानु अत्यन्त लाभदायक हुन्छ । चिकित्सक पनि एक्सरसाइज पश्चात केरा खाने सल्लाह दिन्छन् ।

सखरखण्ड (सुठुनी)
केरा जस्तै सखरखण्डमा म्याग्नेशियम र क्यालसियम पर्याप्त मात्रामा पाइन्छ । तर केरामा भन्दा यसमा क्यालसियमको मात्रा अत्यधिक रहन्छ । सखरखण्डमा केरा भन्दा ६ गुणा बढि क्यालसियम पाइन्छ ।

खरबूजा
खरबुजा पनि मांसपेशिमा हुने ऐंठनबाट राहत दिने फल हो । यसमा सोडियम, क्यालसियम, र म्यानेशियम जस्ता तत्वपाउन सकिन्छ । खरबूजा सोडियम र पानीबीच सन्तुलन बनाएर मांसपेशिको ऐंठन कम गर्दछ ।

पात भएको साग
मांसपेशिको ऐंठनबाट बच्न कुनै पनि शारीरिक गतिविधि पश्चात खानामा पात भएको साग खानु पर्दछ । यसकालागी सागसहित ब्रोकोली र मेथीको पत्ता पनि उपयोगी हुन्छ ।

एवोकाडो
मांसपेशिमा हुने ऐंठनबाट बच्न एवोकाडोको सेवन अत्यन्त लाभदायक मानिन्छ । एवोकाडोमा अत्यधिक मात्रामा फ्याट र क्यालोरी पाइने भएकाले सीमित मात्रामा सेवनगर्नु पर्दछ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १२ : १३ बजे

नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालले सहकार्य गर्ने

काठमाडौं– नेपाल नेत्रज्योति सङ्घ र नेपाल प्रहरी अस्पतालबीच आँखा उपचारमा

सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध

मध्यविन्दु– सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी

‘दिनभरको ज्यालाबाट जनताले पञ्चायतकालमा भूमिगत नेता पालेका थिए’

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हरेक वर्तमान इतिहासको जगमा

यस्तो छ ‘नरसिंहा: अभतार’का कलाकारहरुको चरित्र

काठमाडौं – राजेश हमालको ‘कमब्याक’ फिल्म ‘नरसिंहा: अभतार’को नयाँ पोस्टर

जलविद्युत आयोजनाका कर्मचारीको मृत्यु

पोखरा– म्याग्दीको रघुगंगा गाउँपालिका–८,बन्दीमा निर्माणाधीन जलविद्युत आयोजनाका कर्मचारी हरिओम चौधरीको