नापी सर्वेक्षक काफ्लेविरुद्ध आरोपत्र दायर « Khabarhub

नापी सर्वेक्षक काफ्लेविरुद्ध आरोपत्र दायर


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेले पदको दुरुपायोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार काफ्ले गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीलाको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेको पाइएको छ ।

सर्वेक्षक काफ्ले २०५४ पुस १ गते सार्वजनिक सेवामा प्रवेश गरेको र २०७६ वैशाख ३० गतेसम्मको अवधिमा रु एक करोड ७४ लाख १४ हजार ५० मात्रै वैद्य आय रहेको आयोगको अनुसन्धानबाट खुलेको छ ।

सो अवधिमा निज काफ्लेले रु सात करोड १७ लाख ४१ हजार १५० रुपैयाँ खर्च गरेको पाइएको छ । कुल वैध आय र खर्च गरेको कुल रकमको हिसाब गर्दा रु पाँच करोड ४३ लाख २७ हजार ९९ बराबरको लगानी तथा खर्चको स्रोत नखुलेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगले सर्वेक्षक काफ्लेलाई हदैसम्मको कारबाही र श्रीमती सुशीलाको नाममा रहेको सम्पत्ति जफतको माग दाबी गरेको छ ।

यस्तै आयोगले गलत विवरण पेश गरी एउटा व्यक्तिको नाममा रहेको जग्गा अर्कैको नाममा नामसारी गरेको अभियोगमा साविकको कोहबरा गाविस झापाका तत्कालीन गाविस सचिव रामप्रसाद न्यौपाने, गलत मनसाय राखी गैरकानूनी काम गर्न अभिप्रेरित गर्ने रेनुका चम्लागाईं, नक्कली सर्जमिन मुचुल्का तयार गर्ने दमक नगरपालिकाका तत्कालीन वडा सचिव मोहनप्रसाद ओली र सोही नगरपालिकाका कार्यालय सहयोगी दलबहादुर खत्रीविरुद्ध पनि आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै नक्कली सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने दमक नगरपालिका–१ का महानन्द सापकोटा, गिरिराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रोमनाथ दाहाल, लक्ष्मीप्रसाद बस्ताकोटी, टङ्कप्रसाद बजगाईं र बालकृष्ण न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो ।

मोरङ जिल्लाको साविक लेटाङ गाविस–२ का हरिप्रसाद चौलागाईको नाममा रहेको झापाको साविक दमक नगरपालिका–१ को जग्गा एकलौटीरुपमा नामसारी गर्ने प्रयोजनले हरिप्रसादको जेठी श्रीमती रेनुकाले नक्कली कागजात बनाएको पाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  १० : ३९ बजे

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै

काठमाडौँ– नेकपा एमालेले आज सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरुसँग छलफल गर्दैछ

चरा अवलोकनका लागि हेटौँडा उपयुक्त गन्तव्य (तस्बिरहरू)

मकवानपुर– चराहरूको अवलोकन गर्न टाढा जंगल वा संरक्षित क्षेत्रमा पुग्नुपर्छ

रास्वपाले आफ्ना सांसद र मन्त्रीबीच ‘पूर्व बजेट छलफल’ गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट’

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

पोखरा महानगरका किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई यस वर्ष सात हजार ५०० किलोग्राम