लकडाउन उल्लंघन गर्ने ४ हजार बढी सवारीसाधन नियन्त्रणमा « Khabarhub

लकडाउन उल्लंघन गर्ने ४ हजार बढी सवारीसाधन नियन्त्रणमा


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले लकडाउन उल्लंघन गर्ने  ४ हजार १ सय ७ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा बिहान ६ बजेदेखि साँझ सात बजेसम्म ४ हजार १ सय ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो ।

जसमध्ये ३,६४७ वटा दुई पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ। महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेको छ।

साथै लकडाउन खुकुलो भन्ने गलत सूचनाको पछि नलाग्न, भ्रममा नपर्न, लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख भीम ढकालले आग्रह गरे ।

केही दिनयता लकडाउन खुकुलो भएको भन्दै चहलपहल बढेपछि सवारी साधनको चाप समेत बढेको छ । तर पनि महानगरीय ट्राफिक महाशाखाले चेकिङमा कडाइ गरेको जानकारी दिएको छ ।

त्यस्तै पासको दुरूपयोग गर्नेमाथि पनि विशेष निगरानी तथा चेकजाँच गरी कारबाही गर्न थालेको उनले बताए।

चैत ११ गतेयता लकडाउन उल्लंघन गर्ने ६१ हजार ४ सय ६ सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए।

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ८ : ३१ बजे

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक