सिन्धुपाल्चोक बाढी : २ जनाको शव फेला, १४ जना बेपत्ता « Khabarhub

सिन्धुपाल्चोक बाढी : २ जनाको शव फेला, १४ जना बेपत्ता


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- सिन्धुपाल्चोकको भोटेकोसी नदी लगायतका खेलामा आएको बाढीमा परी दुई जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्तीमा पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीमा परेका अझै १४ जना बेपत्ता छन् । दुईको शव फेला परेको प्रहरीले जनाएको छ ।

भोटेकोसीसँगै वरपरका खाेलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

त्यसैगरी भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँको बल्कुटे खोलामा बाढी आएर एक घर बगाएको प्रहरीले जनाएको छ ।

बाढीले खागदलको पक्की पूल नै बगाएको छ । बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन ।

बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् ।

“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भनिन् । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेकी छन् ।

सभामुख सापकोटा प्रभावित क्षेत्र जाँदै

सिन्धुपाल्चोकको बाह्रविसेमा आएको बाढी पहिरोले व्यापक क्षति गरेपछि उद्दारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल जान लागेका छन्।

हेलिकप्टर लिएर उद्दार गर्न सभामुख जान लागेको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए।

‘अहिले हेलिकप्टर लिएर घटनास्थल जाने तयारीमा छौँ। तर,समय निश्चित भइसकेको छैन’ उनले भने। बाढी गएको क्षेत्र  सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ७ : ५१ बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण