अरनिको राजमार्ग अवरूद्ध हुँदा बाह्रबिसे पहिरोमा वेपत्ता भएकाको उद्धारमा ढिलाई « Khabarhub

अरनिको राजमार्ग अवरूद्ध हुँदा बाह्रबिसे पहिरोमा वेपत्ता भएकाको उद्धारमा ढिलाई


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – भोटेकोशी बाढीले अरनिको राजमार्ग नै अवरूद्ध गरेपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले बेपत्ता भएकाको उद्धारमा ढिलाई भएको छ ।

बाह्रविसे नगरपालिका प्रवेश गर्ने ठाउँ मै राजमार्ग पहिरोले कटान गरेपछि जुरेदेखि अघि बढ्न सक्ने अवस्था नरहेको बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

भीषण वर्षासँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका वडा नम्बर ३, ५ र ८ का विभिन्न स्थानमा गएराति बाढी पहिरोले क्षति पुर्‍याएको उनले बताए।

पहिरोले बाह्रविसे नगरपालिकाका विभिन्न स्थानमा गरि १८ जना बेपत्ता र २ जनाको शव फेला परेको तथा ४ जना घाइते भएको मेयर शेर्पाले बताए।

घाइते नेपाली सेनाको हेलिकप्टरबाट उद्धारको तयारी भएको उनले बताए ।

‘क्षतिको एकिन विवरण अहिले नै दिन सक्ने अवस्था छैन, अहिले हामी उद्धारमा जुटेका छौँ,’ शेर्पाले खबरहवसँग भने ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ८ : २८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज