सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिप्रति प्रचण्ड र डा.भट्टराईद्वारा दुःख व्यक्त « Khabarhub

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिप्रति प्रचण्ड र डा.भट्टराईद्वारा दुःख व्यक्त


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकमा भएको विपत्तिलाई लिएर दुःख व्यक्त गरेका छन्।

​गएराति सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति भएको घटनालाई लिएर दुःख व्यक्त गरेका हुन्।

दीर्घकालीनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा आग्रह गरेका छन्।

नेकपा अध्यक्ष प्रचण्डले फेसबुकमा यस्तो लेखेका छन्-

यसैबीच पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सिन्धुपाल्चोकमा बाढीबाट भएको क्षतिलाई लिएर दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘सिन्धुपाल्चोकमा पछिल्लो भीषण बाढीपहिरो लगायत देशभर ठूलो जनधन क्षतिको शृंखला शुरूहुनु ज्यादै दुखद छ । पहाडका भीरपाखामा मनपरी सडक लाने हैन त्यहाँका बस्ती सुरक्षित ठाउँमा सार्ने हो ! सडक/पानी/बिजुली/शिक्षा/स्वास्थ्य/बैंक लगायत पूर्वाधार केन्द्रित गरेर योजनाबद्ध बस्ती प्रणाली विकास गरौं !’

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : १७ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी