नेकपालाई एकढिक्का राख्न रुपन्देहीका जनप्रतिनिधिको अपिल « Khabarhub

नेकपालाई एकढिक्का राख्न रुपन्देहीका जनप्रतिनिधिको अपिल


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाबाट निर्वाचित रुपन्देहीका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पार्टीको शीर्ष तहका देखिएको विवाद हल गरी एकताको सन्देश दिन अपिल गरेका छन् ।

पार्टीको शीर्ष तहमा देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनप्रतिनिधिले कार्यकर्ताको भावना बुझेर एकतावद्ध रुपमा अघि बढ्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

नेकपाबाट निर्वाचित रुपन्देहीका स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको मणिग्राममा सम्पन्न बैठकले पार्टी केन्द्रमा देखिएको विवादप्रति सामूहिक धारणा बनाउँदै पार्टी नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको हो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, ओमसतिया, सियारी, शुद्धोधन र कञ्चनका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो ।

बैठकबाट उनीहरुले आफूहरु टुटफुट होइन एकताबद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा रहेको बताउँदै स्थानीय जनताको सेवामा समर्पित हुने र सिंगो जनताको समृद्धि प्राप्तिको लागि एक ठाउँमा उभिने निर्णय गरेका छन् ।

जनताको अभिमत, कार्यकर्ताको अपेक्षा र राष्ट्रको आवश्यकता अनुसार पार्टी नेतृत्व एकताबद्ध भई जनतामा सकारात्मक सन्देश पुर्‍याउन जनप्रतिनिधिहरुले नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।

संघीय, प्रदेश र स्थानीय सरकारलाई नेपाली जनताले भारी जनमत दिएको अवस्थामा तीनै तहका सरकार र पार्टीको नेतृत्वमा विकास र समृद्धि प्राप्त गर्दै समाजवादको आधार तय गर्ने र सुखी नेपालीः समृद्ध नेपाल निर्माण गर्ने दृढ चाहना सबैको रहेको उनीहरुको सामूहिक धारणा छ । यसलाई पूरा गर्नको लागि बलियो पार्टी र बलियो सरकार अहिलेको आवश्यकता रहेको उनीहरुको ठहर छ ।

जनप्रतिनिधिहरुले पार्टी एकताको मर्म र भावनाअनुसार अगाडि बढ्दै विधि विधान र संस्थागत निर्णय सहित अगाडि बढ्दै कार्यकर्ता र नेपाली जनताको अपेक्षालाई पूरा गर्न पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : ३१ बजे

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९