महामारीकाबीच विद्यालय सञ्चालन गर्ने दिने ट्रम्प प्रशासनको तयारी « Khabarhub

महामारीकाबीच विद्यालय सञ्चालन गर्ने दिने ट्रम्प प्रशासनको तयारी


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण तीव्र बनेको अमेरिकामा विद्यालय सञ्चालनमा ल्याउन अनुमति दिने ट्रम्प प्रशासनले तयारी गरेको छ ।

ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको नेतृत्व गर्दै आएका उपराष्ट्रपति माइक पेन्सले अब बालबालिकालाई विद्यालय पठाउने बेला आएको बताए।

तर, सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका कोरोनाभाइरसको सङ्क्रमणको पहिलो लहरकै खतरा अहिले पनि नसकिएको र विद्यालय खोल्नु घातक हुने बताएका छन् ।

बुधवार अमेरिकाको शिक्षा मन्त्रालयमा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्दै उपराष्ट्रपति पेन्सले भने ट्रम्प प्रशासनका कार्यहरूको बचाउ गर्दै, सङ्क्रमणका मामिला स्थिर हुँदै गएको र विद्यालय सञ्चालन गर्नुपर्ने बताएका छन् ।

‘हाम्रा स्वास्थ्य सेवामा लागि परेका कर्मचारीको असाधारण कामका कारण औसत मृत्युदरमा आइरहेको कमीले हामी उत्साहित भएका छौँ,’ उनले भने।

राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्टर फर डिजिज कन्ट्रोल (सीडिसी)ले आधिकारिक सुझावको रूपमा स्कूलहरूका निम्ति जारी गरेको निर्देशिकालाई कठिन, महङ्गो र अव्यवहारिक भनेर निन्दा गर्दै आएका छन् ।

उनले शरद याममा नखुल्ने विद्यालयलाई सरकारी सहयोग कटौती गरिदिने धम्की पनि दिएका छन् । अमेरिकामा सामान्यतया अगस्ट वा सेप्टेम्बरको सुरुमा शैक्षिक सत्र सुरु हुने गरेको छ ।

यसअघि सीडिसीले जारी गरेको निर्देशिकामा विद्यार्थी तथा कर्मचारीले मास्क लगाउनु पर्ने र आवश्यक परे घरमै रहनुपर्ने उल्लेख थियो ।

ह्वाइट हाउसकी प्रेस सचिव केले मकइनानीले राष्ट्रपति ट्रम्पले विद्यार्थीहरू सुरक्षित रहुन् भन्ने चाहेको बताएकी छन्।

अर्थतन्त्र तथा विद्यालय खोल्ने विषयमा राष्ट्रपति ट्रम्प तथा उनका स्वास्थ्य सल्लाहकारबीच मतभिन्नता देखिएको छ।

ट्रम्प प्रशासनले संक्रमणको अवस्था  स्थिर रहेको बताइरहँदा अमेरिकामा नेपाली समयअनुसार बुधबार बिहान एकै दिन ६१ हजार ८४८ संक्रमित थपिएका छन् ।  जुन यसअघि जुलाई २ मा कायम ५५ हजारको कीर्तिमानभन्दा धेरै छ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ११ : ३४ बजे

नवलपरासी पूर्वमा ३ हजार ७४६ हेक्टर क्षेत्रमा तोरी खेती

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन (तोरी) बालीतर्फ आकर्षित भएका

राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस

दाङ– बाँके राष्ट्रिय निकुञ्जभित्र पर्ने दाङको बबई गाउँपालिकाभित्रका १० बस्तीलाई

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले