‘कृष ४’ मा विश्वस्तरको स्पेशल इफेक्टस् प्रयोग गरिने « Khabarhub

‘कृष ४’ मा विश्वस्तरको स्पेशल इफेक्टस् प्रयोग गरिने


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण सुस्ताएको बलिउडमा अब बिस्तारै खुल्दै छ । लामो समयदेखि सुपरपावरमा आधारित फिल्म ‘कृष ४’ को दर्शकलाई प्रतीक्षा छ ।

अघिल्लो भाग ७ वर्षअघि रिलिज भएको थियो । तर, यसको चौथो सिक्वेल कहिले बन्ने भन्ने अझै टुंगो छैन ।

खबरका अनुसार फिल्मको स्किृप्टमा अझै पनि काम चलिरहेको छ । ऋतिक रोशन र राकेश रोशनको फ्रेन्चाइज यो फिल्ममा स्पेशल इफेक्टस पनि प्रयोग गरिनेछ ।

फिल्मको स्पेशल इफेक्टसका लागि भारतीय मात्र नभएर विदेशबाट पनि टिम ल्याइने जनाइएको छ । एभेन्जर्सजस्ता फिल्म हेरेका दर्शकका लागि अब राम्रो फिल्म बनाउन सकिएन भने दर्शकको मन जित्न सकिने टिमले निर्णय गरेको छ ।

फिल्ममा विश्वस्तरको स्पेशल इफेक्टस प्रयोग गरिने जनाइएको छ ।

यस्तै फिल्ममा ऋतिक रोशनको दोहोरो भूमिका रहनेछ । फिल्ममा रोहित मेहतालाई पुनर्जीवित गरिने गरी कथा तयार पारिएको छ ।  फिल्ममा ऋतिकलाई कृष्ण र रोहित मेहराको भूमिकामा देख्न सकिनेछ ।

यद्यपि फिल्ममा ऋतिकबाहेक बाँकी कलाकार को हुने भन्ने अझै टुंगो लगाइएको छैन । अहिले पूर्ण काम स्किृप्टमा मात्र भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १ : ५२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने