ओली – दाहाल वार्ता अनिश्चित « Khabarhub

ओली – दाहाल वार्ता अनिश्चित


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को थप छलफल अन्योलमा परेको छ ।

बुधबारसम्म लगातार तीन पटक एक्लाएक्लै वार्तामा बसेका अध्यक्षद्वको थप छलफलको समय मध्यान्ह १२ बजेसम्म पनि तय भएको छैन ।

जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांशले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीले राजीनामा दिनुपर्ने आवाज उठाएपछि  नेकपा फुट नजिक पुगेको छ ।

विवादले पार्टी फुटको जोखिम बढेपछि स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष एक्लाएक्लै छलफलमा बसे पनि तीन दिनदेखिको  छलफलले निकास नदिएपछि थप बैठक पनि अनिश्चित बनेको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच आज थप छलफल हुने नहुने निश्चित नभएको जानकारी दिए। ‘अध्यक्षद्वयको भेटवार्ता हुने/नहुने निश्चित भएको छैन,’ थापाले खबरहबसँग भने, ‘छलफलका लागि अहिलेसम्म समय निर्धारण भएको छैन, बैठक नहुन पनि सक्छ।’

अर्का अध्यक्ष पुष्पकमल दाहाल निकट एक नेताले पनि  ओलीसँग आज छलफलको सम्भावना कम रहेको जानकारी दिए ।

‘पटकपटकको छलफलले पनि निकास नदिएपछि अध्यक्ष प्रचण्ड अब के गर्ने भनेर आन्तरिक छलफलमा गरेरै मात्र ओलीसँग  बस्नेत तयारीमा हुनुहुन्छ,’ ती नेताले भने, ‘साँझसम्म छलफल भयो भने भइगो नत्र आज छलफल नहुन पनि सक्छ ।’

बुधबार भएको छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।

तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा  ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।

त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ । तर त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।

स्रोतकाअनुसार तेस्रो तथा नयाँ विकल्पमा मंसिर ४ मा भएका सहमति कार्यान्वयन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको म्यान्डेट बाहिर नगई सरकार चलाउने, सरकार सञ्चालन गर्न माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेता रहेको ५ सदस्यीय कार्यदल गठन गर्ने, केही मन्त्री र मुख्यमन्त्री हेरफेर गर्ने विषय पनि छलफलमा आएको छ ।

 

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १२ : ३८ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति