सिन्धुपाल्चोक पहिरो अपडेट : घाइतेको उपचार गर्न काठमाडौं ल्याइयो « Khabarhub

सिन्धुपाल्चोक पहिरो अपडेट : घाइतेको उपचार गर्न काठमाडौं ल्याइयो

मृतक र बेपत्ताको परिचय खुल्यो (नामावलीसहित)


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा गएको पहिरोमा परी घाइते भएका एक जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचार गर्न काठमाडौं ल्याइएको छ । अन्यको उद्दारको काम जारी छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्धारमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

गएराति अविरल वर्षासँगै सिन्धुपाल्चोकको ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका–५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रविसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका ४ गरी २० जना बेपत्ता भएका छन् ।

बाह्रविसे नगरपालिकाको कार्यालयका अनुसार बेपत्ता हुनेहरुमा भीमबहादुर वाईवा, चिनीमाया वाईवा, लिलामाया वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमाया वाईवा, जनकबहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ छन् ।

त्यसैगरी भोटेकोसी गाउँपालिकाका बेपत्ता हुनेहरुमा निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन बन्द भएको प्रहरीले जनाएको छ ।

प्रहरीका जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनुका साथै पक्की पुलसमेत बगाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  २ : ५६ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा