जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता « Khabarhub

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। बुधबार बसेको निर्वाचन आयोगको बैठकले पार्टी दर्ता गराउने निर्णय गरेको हो।

गएको १० वैशाखमा समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएको थियो।

एकीकरण लगत्तै आयोगमा दल दर्ताको निवेदन परेको थियो। तर, बन्दाबन्दीका कारण आयोगमा आवश्यक प्रमाण भने २५ जेठमा मात्रै बुझाइएको थियो।

उक्त पार्टीका नेता मोहम्मद इस्तियाक राईले आयोगले दल दर्ता गर्ने निर्णय गरेको बताए। तर, प्रमाणपत्र भने दिइएको छैन। संसदको दोस्रो र तेस्रो दल एकता गरी जनता समाजवादी पार्टी बनेको छ।

अब आयोगले राजपत्रमा दल दर्ता भएको सूचना प्रकाशित गरेसँगै उक्त दल औपचारिक रुपमा दर्ता हुनेछ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ३ : ४५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका