यी नायिकासँग गर्न लागेका थिए सलमान खानले बिहे, कार्ड छापिएपछि इन्कार « Khabarhub

यी नायिकासँग गर्न लागेका थिए सलमान खानले बिहे, कार्ड छापिएपछि इन्कार


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको बिहेले चर्चा कमाइरहन्छ । सलमानले किन बिहे गरिरहेका छैनन् भन्ने चर्चा पनि चलिरहन्छ ।

धेरै कमलाई मात्र थाहा छ, सलमान खानको एकपटक बिहे लगभग पक्का भइसकेको थियो । पछि उक्त बिहे रोकिएको थियो ।

सलमान खानले कलाकार तथा मोडल संगीता बिजलानीसँग बिहे गर्ने चर्चा थियो । सन् १९९४ को २७ मे मा सलमान र संगीताले बिहे गर्ने तय पनि भएको थियो । सलमानले नै यो मिति चुनेका थिए ।

सलमान र संगीताको भेट सन् १९८६ मा भएको थियो । यी दुईले लामो समय सँगै काम गरे । सन् १९९३ मा सलमान खानले आफूले बिहे गर्न चाहेको अन्तर्वार्ताका क्रममा खुलाएका पनि थिए ।

अर्को एक अन्तर्वार्तामा त सलमान खानले यो पनि खुलाएका थिए कि, संगीतासँग बिहे गर्नका लागि कार्ड पनि छापिएको थियो । तर, संगीताले उक्त बिहे गर्नमा इन्कार गरिन् ।

खासमा सलमानको परिवार पनि यो बिहेका लागि राजी थिए । तर, संगीताको परिवार खासै खुशी हुन सकेका थिएनन् ।

यो बिहे पनि त्यसै भाँडिएको थिएन । संगीतालाई सलमानको सोमी अलीसँग पनि अफेअर चलेको थाहा भयो । यो थाहा पाएपछि संगीताले बिहे इन्कार गरेकी थिइन् ।

त्यसपछि संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग सन् १९९६ मा बिहे गरेकी थिइन् । अजहरुद्दीनले पहिले नै बिहे गरेका थिए । र, उनका दुई छोरा पनि थिए ।

संगीताका लागि अजहरकी पहिलो पत्नीले डिभोर्स दिएकी थिइन् । उनले आफ्नो नाम आयशा राखेकी थिइन् १४ वर्षपछि अर्थात् सन् २०१० मा यी दुईको पनि डिभोर्स भयो ।

संगीता पछिल्लो समय सिंगल नै बिताइरहेकी छिन् । उनी आफ्नो ब्लगमार्फत फ्यानसँग नजिक हुने गर्छिन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ५ : ०५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक