कुन प्रदेशमा कति कोरोना संक्रमित ? (विस्तृत विवरणसहित) « Khabarhub

कुन प्रदेशमा कति कोरोना संक्रमित ? (विस्तृत विवरणसहित)


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म कोरोना (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ।

हालसम्म डिस्चार्ज हुनेको संख्या भने ७ हजार आठ सय ९१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

प्रदेश १ मा अहिलेसम्म ७ सय ३९ जनामा कोरोना पुष्टि भएको छ।

जसमध्ये १९६ जनाको उपचार भइराखेको छ भने ५ सय ४३ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा भने दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश २ मा ४ हजार दुई सय ६२ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये दुई हजार २४ जना उपचार गराइरहेका छन् भने २२ सय ३४ जनाले कोरोना जितेका छन्। हालसम्म प्रदेश २ मा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन्। पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको छ।

त्यसैगरी बागमती प्रदेशमा ७ सय २२ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ४२९ जनाको उपचार भइराखेको छ भने २८७ जनाले कोरोना जितेका छन्। बागमतीमा मात्र कोरोनाले ६ जनाको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशमा १२ सय २२ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ८६२ जनाको उपचार भइरहेको छ भने ३५५ जनाले कोरोना जितेका छन्। पछिल्लो २४ घण्टामा १८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनाका कारण पाँच जनाले ज्यान गुमाएका छन्।

प्रदेश ५ मा अहिलेसम्म ४ हजार ३३ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये १७ सय २७ जनाको उपचार भइरहेको छ भने २२ सय ९६ जना डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशमा संक्रमितको संख्या १६ सय ४७ पुगेको छ। जसमध्ये ४०५ जनाको उपचार भइरहेको छ भने १२ सय ३८ जनाको डिस्चार्ज भएको छ। कर्णाली प्रदेशमा४ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म तीन हजार ९ सय ६ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये २९ सय ६२ जनाको उपचार भइराखेको छ भने ९ सय ३८ जना डिस्चार्ज भएका छन्। कोरोनाकै कारण ६ जनाले ज्यान गुमाएका छन्को ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ भने ७२ जिल्लामा कोरोना संक्रमित रहका छन् । अन्य पाँच जिल्लाका कोरोना संक्रमित सफल उपचारपछि घर फर्किएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार धनकुटा, भोजुपर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ६ : २४ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति