नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय « Khabarhub

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं – नेपालमा भारतीय न्युज च्यानल रोक लगाउने निर्णय भएको छ ।

नेपालविरुद्ध भ्रामक समाचार सामग्री प्रसारण गरेको भन्दै विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरूको प्रसारणमा रोक लगाउने निर्णय गरेका हुन् ।

आज (बिहीबार) बेलुकादेखि सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छन् । यद्यपि भारतीय दूरदर्शन टेलिभिजनमा भने रोक लगाइएको छैन ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि नेपालमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाउने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

उनका अनुसार भारतीय सञ्चारमाध्यमले नेपालको बारेमा अफबाह फैलाएका कारण बन्द गर्ने निर्णय गरिएको हो ।

उनीहरूले पछिल्लो समय प्रधानमन्त्री र चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा बन्द गरिएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकामा नेपाल पत्रकार महासंघले भर्त्सना गरेको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ८ : ३९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु