अकूत सम्पत्ति कमाएको अभियोगमा इन्जिनीयर शाक्यविरुद्ध मुद्दा « Khabarhub

अकूत सम्पत्ति कमाएको अभियोगमा इन्जिनीयर शाक्यविरुद्ध मुद्दा


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागअन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिजिनल इञ्जिनीयर जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगले शाक्यका बारेमा लामो समयदेखि अनुसन्धान गरेको र सोही आधारमा अकूत सम्पत्ति कमाएको ठहर गर्दै मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर शाक्यमाथि १०५ वटा नक्कली कोटेशन बनाई रु पाँच करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लागेको थियो । सार्वजनिक सेवामा २०३४ साल साउन २ गते प्रवेश गर्नुभएका शाक्यको २०७६ असार ३१ गतेसम्मको सम्पत्तिको जाँच गरेको थियो ।

आयोगको अनुसनधान अनुसार रु एक करोड ५६ लाख ६ हजार ४८० बराबरको आय वैध रहेको पाइएको छ । सोही अवधिमा शाक्यले रु तीन करोड ८१ लाख १० हजार ४९० बराबरको लगानी तथा खर्च गरेको पाइएको छ । आयोगका अनुसार वैध सम्पत्तिको तुलनामा रु दुई करोड २५ लाख चार हजार १० बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।

अवैध रुपमा आर्जन गरेको सम्पत्ति सिनियर डिभिजनल इञ्जिनीयर शाक्यले श्रीमती मिथिला, छोरीहरु ज्योत्सना र उन्नतिको नाममा घर जग्गा खरिद गरेको, बैंकमा जम्मा गरेका, सवारी साधन खरिद गरेको पाइएको छ ।

आयोगले सिनियर डिभिजनल इञ्जिनीयर शाक्य, उनकी श्रीमती मिथिलाको नाममा रहेको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ९ : २१ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज