काठमाडौं– कोरोना भाइरस (कोभिड १९) का कारण एसीसी एसिया कप २०२० तत्कालका लागि रोकिएको छ ।
बिहीबार एसियन क्रिकेट काउन्सिल (एसीसी) कार्यकारी बोर्ड बैठकले यो वर्ष प्रतियोगिता आयोजना गर्न नसकिने निस्कर्ष निकाल्दै तत्कालका लागि आयोजना रोक्ने निर्णय गरेको हो ।
एसीसीले विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गरेको जानकारी दिएको छ । एसीसीले एसिया कप सन् २०२१ को जुनसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
अब २०२१ को जुनमा एसिया कप भए श्रीलंकाले आयोजना गर्नेछ । यस अघि प्रतियोगिता यस वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको थियो ।
प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय छ ।
योसँगै एसिया कप आयोजनाको जिम्मा पाएको पाकिस्तानले २०२१ मा एसिया कप आयोजना नगर्ने भएको छ ।
पाकिस्तानले श्रीलंकालाई आयोजकको अधिकार सुम्पिएको एसीसीको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया