व्यथा लागेको चार दिनपछि गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

व्यथा लागेको चार दिनपछि गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


२५ असार २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्ला जिल्लाको दक्षिण क्षेत्रबाट दुई गर्भवतीको आज एकै पटक उद्धार गरिएको छ ।

चङ्खेली गाउँपालिका वडा ४ निवासी ३३ वर्षीया हजारी शाही र २६ वर्षीया गम्भीरा शाहीको उद्धार गरिएको हो ।

हजारीलाई असार २० गते व्यथा लागे पनि गाउँमै रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उच्च रक्तश्रावको समस्या निम्तिएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए ।

गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार सफल नभएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उद्धारका लागि हेलिकप्टर पठाउन पत्राचार गरिएको पाँच दिनपछि उद्धार भएको प्रमुख सिंहले बताए ।

यस्तै गम्भीराको व्यथा लागेको चार दिनपछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरी सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए ।

असार २० गते हेलिकप्टर पठाउन पत्राचार गरिए पनि लगातारको वर्षाका कारण उद्धारमा ढिलाइ भएको हो । दुवैको अवस्था गम्भीर छ ।

उनीहरु दुवैलाई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङबाट सीधै उद्धार गरिएको मेल्छाम प्रहरीचौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  १० : ३८ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले