भारतमा कोरोना : एकै दिन अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढी संक्रमित « Khabarhub

भारतमा कोरोना : एकै दिन अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढी संक्रमित


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा एकै दिन ६५ हजार १५६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा संक्रमितको संख्या २१ लाख ५२ हजार २० पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १४ लाख ७९ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख २८ हजार ६७३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८७५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४३ हजार ४५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ३१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको