नेपालगञ्ज सेनाको निगरानीमा सिल « Khabarhub

नेपालगञ्ज सेनाको निगरानीमा सिल


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ बजेदेखि मङ्गलबार राति १२ बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ ।

सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सिल गरेको उक्त क्षेत्रमा भने नेपाली सेनाले निगरानी गर्नेछ । नेपाली सेनाको टोलीले सिल गरिएको उक्त क्षेत्रमा २४ घण्टा उच्च निगरानी बढाएको छ । सिल गरिएको क्षेत्रको अनुगमनमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख बिहानदेखि नै सडकमा स्वयं खटिएका छन्।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले नेपालगञ्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोक, गणेशमान चोकदेखि चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाउँ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखि बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्लाभित्रको क्षेत्र पूर्णरुपमा सिल गरिएको छ ।

भेरी अस्पतालको प्रसूति वार्ड बन्द

नेपालगञ्जमा कोरोना सङ्क्रमण बढदै गएपछि भेरी अस्पतालको प्रसूति वार्ड सिल गरिएको छ । गर्भवतीमा कोरोना पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको हो ।

भेरी अस्पतालमा रुकुम (पश्चिम) चौरजहारी निवासी महिलालाई बुधवार भेरी अस्पतालमा डेलिभरीका लागि भर्ना गरिएको थियो । गर्भवतीको महिना पुगिसकेकाले बिहीवार शल्यक्रिया गर्ने तयारी गरिएको थियो ।

शल्यक्रियाका बेला महिलालाई एक्कासि ज्वरो आएपछि स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रसूति वार्ड सिल गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले जानकारी दिए ।

गर्भवतीमा कोरोना देखिएपछि यतिबेला भेरी अस्पतालको प्रसूति वार्ड सिल गरेर बिरामीलाई कोहलपुर मेडिकल कलेज पठाउने तयारी गरिएको र आवतजावत बन्द गरिएको उनले बताए ।

प्रदेशसभा सदस्य कोरोना सङ्क्रमित

नेपाल भारत सीमानाका जोडिएको बाँकेमा कोभिड–१९ कोरोनाविरुद्धको अभियानमा सक्रियरुपमा लागेका प्रदेश नं ५ का एक प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण देखापरेको छ ।

उनले कोरोना सङ्क्रमणको जोखिमबाट जनतालाई बचाउनका लागि बाँकेको सङ्क्रमण क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनी दिनानुदिन शहरक्षेत्रदेखि गाउँगाउँसम्म कोरोनाविरुद्धको उद्धार तथा सहयोग अभियानमा सक्रिय थिए।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १२ : ४३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल