जाजरकोटका चार ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खोल्यो नयाँ डिपो « Khabarhub

जाजरकोटका चार ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खोल्यो नयाँ डिपो


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- खाद्य व्यवस्था तथा व्यापार कम्पनीका चार डिपो जाजरकोटमा थप गरिएको छ । खाद्यान्न अभाव हुने ठाउँलाई ध्यानमा राखी नयाँ डिपो स्थापना गरिएको हो ।

यसभन्दा पहिले भएका डिपोहरु पायक पर्ने ठाउँमा नहुँदा समस्या भएको गुनासो आएपछि जाजरकोटमा अघिल्लो वर्ष दुई र यो वर्ष चार ठाउँमा नयाँ व्यापार कम्पनीका डिपोहरु थपिएको हो ।

बाढीपहिराबाट छियाछिया भएको बारेकोटमा नयाँ डिपो स्थापना गरिएको छ । पहिले घाटमा भएको डिपो सबैको पहुँचमा नभएका कारण काउलीमा नयाँ डिपो स्थापना गरिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । तत्काल नयाँ डिपोमा २८१ क्विन्टल चामल पठाएको छ ।

त्यस्तै घरङ्गा, टापुचौर, रजुतरा यो वर्ष नयाँ डिपो स्थापना भएका छन् । अघिल्लो वर्ष दल्ली र ताँगामा स्थापना गरिएको थियो । सदरमुकामसहित चौखा, घाट, दशेरा र घोगीमा पुराना डिपो रहेका थिए ।

अहिले सदरमुकाममा एक हजार ७००, घोगीमा ४०० र चौखामा ६० क्विन्टल चामल मौज्दात रहेको कम्पनीमा जाजरकोट प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए । सबै डिपोमा चामल तत्काल पुर्‍याउनका लागि बोलपत्र आह्वानको काम पूरा भएकाले महिना दिनभित्र चामल पुग्ने प्रमुख बस्नेतको भनाइ छ ।

खाद्यान्न आपूर्ति गर्न सडक मर्मत

बारेकोट पहिरो प्रभावित क्षेत्र दैनिक उपभोग्य सामग्री लिनका लागि सडक मर्मतको काम शुरु भएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए । भौतिक पूर्वाधार कार्यालयलाई तुरुन्तै नलगाड नगरपालिकाको कालीमाटीदेखि बारेकोट गाउँपालिका प्रशासकीय केन्द्र लिम्सासम्मको सडक मर्मत गर्नका लागि निर्देशन दिइसकेको उनले बताए ।

सडक नहुँदा बारेकोट पहिरो प्रभावित क्षेत्रमा लिने सामग्री कालीमाटीमा रोकिएपछि सडक मर्मतका लागि निर्देशन दिइएको हो । अहिले खच्चरमार्फत ढुवानी गर्दा सामग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्न जाँदा आर्थिक हानी भएपछि सडक मर्मतको काम शुरु गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  १ : १९ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन