भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्ति आपत्तिजनक: माधव कुमार नेपाल « Khabarhub

भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्ति आपत्तिजनक: माधव कुमार नेपाल


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक भएको बताएका छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार एक अनलाइन अन्तर्वार्ताका क्रममा नेपालको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्धलाई ‘महान् भारतीय’ भएको भन्दै अभिव्यक्ति दिएका थिए ।

`नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई ‘महान् भारतीय’ भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ,´ नेता नेपालले सामाजिक सञ्जालमार्फत भने,´ ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत वुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा-नरहँदै वेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।´

नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदबाटै ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर स्पष्ट रूपमा उल्लेख गरेको समेत बताएका छन् । उनले भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेको बताएका छन् ।

साथै नेता यस विषयमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ४ : ४३ बजे

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको