नेकपा महासचिव विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण पुष्टि, पौडेल आइसोलेसनमा « Khabarhub

नेकपा महासचिव विष्णु पौडेलका पीएसओमा कोरोना संक्रमण पुष्टि, पौडेल आइसोलेसनमा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ)मा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीएसओमा कोरोना संक्रमण पुष्टि भएपछि महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो ।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको छ ।
पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा एकान्तबास (आइसोलेसन) मा बसेका छन् ।

उनका पीसओलाई भने प्रहरी अस्पतालमा भर्ना भएका छन् । महासचिव पौडेलले आइतबारदेखि सबैखाले भेटघाट बन्द गरेर घरमै बसेका छन् ।

उनले शनिबारमात्रै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए। अध्यक्ष प्रचण्डका पनि सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आइसोलेसनमा बसेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ५ : ०५ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका