नेपालले भन्यो – गौतम बुद्ध नेपालमा जन्मिएका हुन्, यो विवादको विषय होइन « Khabarhub

नेपालले भन्यो – गौतम बुद्ध नेपालमा जन्मिएका हुन्, यो विवादको विषय होइन


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई ‘महान् भारतीय’ भनेपछि नेपालमा विरोध शुरु भएको छ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूले नै जयशंकरको अभिव्यक्तिलाई आपत्तिजनक भएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले भने यो विवादको विषय नै नभएको बताएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो विवादको विषय नभएको र ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्थापित र अकाट्य तथ्य भएको जनाएको छ ।

‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित र अकाट्य तथ्य हो, बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनुभएको थियो ।’

सारा विश्व समुदायलाई बुद्धिज्म नेपालबाट विश्वका मुलुकमा फैलिएको थाहा भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धलाई महान भारतीय भएको बताएका थिए । उनले संसारले सम्झने दुई महान भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए ।

एस जयशंकरको उक्त अभिव्यक्तिपछि नेपालमा उनको विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एस जयशंकरको यो भनाइ आपत्तिजनक रहेको बताएको छ ।

नेपालको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्धलाई भारतले यसअघि पनि पटक–पटक आफ्नो देशमा जन्मिएको बताउँदै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : ०१ बजे

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल

यस्तो छ सुकुम्वासीका लागि बनाइएका भवनको हालत

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-१ रहेको रानी वनमा सुकुम्वासीका लागि सरकारले

सिन्धुली प्रहरीको हिरासतमा युवाको मृत्यु प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वको समिति

काठमाडौं- प्रहरीले सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एकजना युवकको

एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता

दलको नेतामा कांग्रेस अनिर्णयको बन्दी, अन्तिम समयमा निर्वाचन कार्यक्रम नै स्थगित

काठमाडौं- प्रतिनिधि सभाको निर्वाचन भएको दुई महिना हुन लाग्दा पनि