नेपालले भन्यो – गौतम बुद्ध नेपालमा जन्मिएका हुन्, यो विवादको विषय होइन « Khabarhub

नेपालले भन्यो – गौतम बुद्ध नेपालमा जन्मिएका हुन्, यो विवादको विषय होइन


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई ‘महान् भारतीय’ भनेपछि नेपालमा विरोध शुरु भएको छ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूले नै जयशंकरको अभिव्यक्तिलाई आपत्तिजनक भएको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले भने यो विवादको विषय नै नभएको बताएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो विवादको विषय नभएको र ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्थापित र अकाट्य तथ्य भएको जनाएको छ ।

‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित र अकाट्य तथ्य हो, बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनुभएको थियो ।’

सारा विश्व समुदायलाई बुद्धिज्म नेपालबाट विश्वका मुलुकमा फैलिएको थाहा भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धलाई महान भारतीय भएको बताएका थिए । उनले संसारले सम्झने दुई महान भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए ।

एस जयशंकरको उक्त अभिव्यक्तिपछि नेपालमा उनको विरोध भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एस जयशंकरको यो भनाइ आपत्तिजनक रहेको बताएको छ ।

नेपालको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्धलाई भारतले यसअघि पनि पटक–पटक आफ्नो देशमा जन्मिएको बताउँदै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : ०१ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक