कुशको शव बनाएर दाहसंस्कार « Khabarhub

कुशको शव बनाएर दाहसंस्कार


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा – लिखु नदीले बगाएर बेपत्ता भएका ओखलढुङ्गाका एक युवक फेला नपरेपछि परिवारले अन्तिम दाहसंस्कार गरेको छ ।

चम्पादेवी गाउँपालिका–१० रानीवन निगालेका ३६ वर्षीय रोहितकुमार ढुङ्गेललाई गत बुधबार लिखुले बगाएको थियो । नदीले बगाएका ढुङ्गेलको उद्धार गर्न नसकिएको र शवसमेत नभेटिएपछि जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर आज अन्तिम दाहसंस्कार गरेको हो ।

ढुङ्गेल गत बुधबार बुबा र ससुरासँग गोठ सार्न गएका थिए । गाईबाख्रा खोला तार्ने क्रममा ससुरालाई नदीले बगाउन खोजेपछि ससुरा बचाउने क्रममा उनलाई नदीले बगाएको थियो ।

प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गर्दा पनि फेला पार्न नसकेपछि परिवारले शुक्रबार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको चम्पादेवी–१० का वडाध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिए ।

“उहाँलाई नदीले बगाएको सुन्नासाथ प्रहरी र स्थानीय हामी सबैले निरन्तर खोजियो, फेला पार्न सकिएन”, वडाध्यक्ष बुढाथोकीले भने, “कुशको शव बनाएर दाहसंस्कार गरी परिवारले आफ्नो संस्कारअनुसार काजकिरियाको काम थालेको छ ।” नदीले बगाएर बेपत्ता भएका ढुङ्गेलका श्रीमती र दुई सन्तान छन् ।

प्रहरीले भने ढुङ्गेलको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले बताए ।

जिल्लाभित्रको लिखु नदी किनारमा जिल्लाकै प्रहरी जनशक्ति र अन्य जिल्लाको प्रहरीलाई समेत सूचना दिएर शव खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । ओखलढुङ्गामा बर्सेनि पहिरोबाट ठूलो जनधनको क्षति हुँदै आएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : ११ बजे

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान