जनकपुरमा ७ दिन थपियो निषेधाज्ञा « Khabarhub

जनकपुरमा ७ दिन थपियो निषेधाज्ञा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- कोरोनाको संक्रमणमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा जनकपुरमा अझै ७ दिनका लागि थपिएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सुरक्षा समितिको बैठकबाट ७ दिन अझै निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन समुदाय स्तरसम्म जडो बनाएको भन्दै संक्रमण कम गर्नको लागि अझै ७ दिनको निषेधाज्ञा थपिएका जानकारी दिए।

जनकपुरका व्यापारीहरुको सन्दर्भमा उठाएको सबालमा व्यापार संघबाट प्रतीनीधित्व गरेका प्रतीनीधिहरुले कोरोनाको संक्रमणको वर्तमान अवस्थालाई मध्नयनगर गर्दै पसल तथा व्यावसाय ७ दिन अझै नखोल्ने निर्णयमा सहमति जनाएको जनकपुर उद्योग वाणिज्य संघ का महासचिव जितेन्द्र महासेठले बताए ।

यसका साथै, जनकपुरको दशरथ तलाउको उत्तरी डीलमा रहेको यात्रीनिवासलाई क्वारेन्टाइन बनाउने निर्णय गरिएको र अझ आइसोलेशन बनाउने र बैंक तथा वितिय संस्थाहरू सिफ्ट वाइज खोल्ने निर्णय गरिएको बताए ।

सो बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख, जनकपुरधाम उप महानगरपालिका का प्रमुख, जिल्ला जन स्वास्थ्यका प्रमुख, प्रादेशिक अस्पतालका मेसू, धनुषा चेम्बर एवं जनकपुर उद्योग बणिज्य संघका पदाधिकारीहरूको समेत उपस्थित थियो।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ६ : ४२ बजे

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको