बेल्जियमले आइसल्याण्डलाई ५-१ गोल अन्तरले हरायो « Khabarhub

बेल्जियमले आइसल्याण्डलाई ५-१ गोल अन्तरले हरायो


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युईएफए नेसन्स कप अन्तर्गत गएराति भएको समूह बी को खेलमा बेल्जियमले आइसल्याण्डमाथि ५-१ को फराकिलो जित निकालेको छ। किङ्ग बउडोइन स्टेडियममा भएको खेलमा घरेलु टोलीले फराकिलो जित निकालेको हो।

खेलमा अग्रता भने आइसल्याण्डले लिएको थियो। खेलेको १० औं मिनेटमा होल्मबेर्ट फिरोजोनन्सनले आइसल्याण्डलाई अग्रता दिलाएका थिए। तर त्यसको तीन मिनेट भित्रै बेल्जियमले खेल बराबरीमा ल्यायो एलेक्स विटसेलको गोलमा। लगत्तै १७ औं मिनेटमा मिचि बात्सुइले गोल गर्दै बेल्जियमलाई अग्रता समेत दिलाए।

पहिलो हाफमा २-१ ले अघि रहेको बेल्जियमले दोस्रो हाफमा तीन गोल थप्यो। खेलको ५० औं मिनेटमा ड्राइज मेर्टेन्सले गोल गरे भने बातसुइले नै ६९ मिनेटमा आफ्नो ब्यक्तिगत दोस्रो गोल समेत गरे। त्यस्तै ७९ मिनेटमा जेरेमी डोकुले गोल थप्दा बेल्जियमले आइसल्याण्डमाथि ५-१ को फराकिलो जित निकाल्यो।

त्यस्तै गएराति नै भएको समूह बी कै अर्को खेलमा इङ्ग्ल्याण्ड र डेनमार्क गोलरहित बराबरीमा रोकिए। पार्केन स्टेडियममा भएको खेलमा इङ्ग्ल्याण्ड घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकियो।

समूह बी मा इङ्ग्ल्याण्ड, डेनमार्क, बेल्जियम र आइसल्याण्ड छन्।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : ४० बजे

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका