खाना खानुभयो ? अब यसरी गर्नुहोस् दाँतको सफाइ र हेरचाह « Khabarhub

खाना खानुभयो ? अब यसरी गर्नुहोस् दाँतको सफाइ र हेरचाह


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिस खाना खाएपछि दाँत माझ्ने गर्दछन् । दैनिक दुईपटक ब्रस गर्दा खानाको क्रममा दाँतमा अड्केका फोहोर निस्कने र मुख सफा हुने गर्दछ ।

कतिपय अवस्थामा नियमित दाँत माझ्दा पनि दाँत सफा नहुन सक्छ । त्यसैले दाँतलाई प्राकृतिक रूपमा सफा गर्न केहि खानेकुराको सेवन पनि उपयोगी हुन्छ ।

१. स्ट्रवेरी
दाँतलाइ प्राकृतीक रुपमा बलियो र सफा राख्न स्ट्रवेरीको सेवनले लाभ पुर्याउन सक्छ । खानासँगै स्ट्रबेरीको सेवन गरेमा यसमा पाइने एसिडले दाँतलाई सफा गर्ने काम गर्दछ ।

२. काउली
यदि तरकारीमा काउलीको सेवन गर्ने हो भने यसले समेत प्राकृतिक रुपमा दातँलाई सफा राख्दछ । काउलीले दाँतमा टासिने फोहोरलाई सफा गर्नुका साथै सेलिभा उत्पादन गर्दछ ।

३. खरबुजा
खरबुजाको सेवनले पनि दाँत स्वस्थ राख्न मद्दत पुर्याउँछ । खरबुजामा हुने भिटामिन सीले दाँतबाट आइरनलाई सोस्न मद्दत गर्दछ । साथै मांशपेशीहरू नष्ट हुने प्रक्रियालाई पनि रोक्दछ ।

४. सुन्तला
सुन्तलाको प्रयोगले पनि दाँतलाइ सफा तथा स्वस्थ राख्न सकिन्छ । सुन्तलामा पर्याप्त पाइने भिटामिन सीले आइरन सोसेर दाँत स्वस्थ्य राख्न मद्दत पुर्याउँछ ।

५. स्याउ
नियमित स्याउ सेवन गर्नेहरुको दाँतलाई सफा र बलियो हुने गर्दछ । तर चपाएर खानुभन्दा स्याउको जुस खानु दाँतका लागी फाइदाकारी हुन्छ ।

६. सागपात
बलियो तथा सफा दाँत बनाइराख्न हरियो सागपातको सेवन लाभदायी हुन्छ ।

७. दुग्धजन्य पर्दाथ
दुग्धजन्य पर्दाथको सेवनले समेत दाँतलाई खिइनबाट जोगाउँछ । दूध, दही, चिज लगायताका दुग्धजन्य पदार्थमा ल्याक्टिक एसिड पाइन्छ यसले दाँतलाई खराब बनाउने एसिडबाट जोगाउँछ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : १८ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र