खाना खानुभयो ? अब यसरी गर्नुहोस् दाँतको सफाइ र हेरचाह « Khabarhub

खाना खानुभयो ? अब यसरी गर्नुहोस् दाँतको सफाइ र हेरचाह


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः मानिस खाना खाएपछि दाँत माझ्ने गर्दछन् । दैनिक दुईपटक ब्रस गर्दा खानाको क्रममा दाँतमा अड्केका फोहोर निस्कने र मुख सफा हुने गर्दछ ।

कतिपय अवस्थामा नियमित दाँत माझ्दा पनि दाँत सफा नहुन सक्छ । त्यसैले दाँतलाई प्राकृतिक रूपमा सफा गर्न केहि खानेकुराको सेवन पनि उपयोगी हुन्छ ।

१. स्ट्रवेरी
दाँतलाइ प्राकृतीक रुपमा बलियो र सफा राख्न स्ट्रवेरीको सेवनले लाभ पुर्याउन सक्छ । खानासँगै स्ट्रबेरीको सेवन गरेमा यसमा पाइने एसिडले दाँतलाई सफा गर्ने काम गर्दछ ।

२. काउली
यदि तरकारीमा काउलीको सेवन गर्ने हो भने यसले समेत प्राकृतिक रुपमा दातँलाई सफा राख्दछ । काउलीले दाँतमा टासिने फोहोरलाई सफा गर्नुका साथै सेलिभा उत्पादन गर्दछ ।

३. खरबुजा
खरबुजाको सेवनले पनि दाँत स्वस्थ राख्न मद्दत पुर्याउँछ । खरबुजामा हुने भिटामिन सीले दाँतबाट आइरनलाई सोस्न मद्दत गर्दछ । साथै मांशपेशीहरू नष्ट हुने प्रक्रियालाई पनि रोक्दछ ।

४. सुन्तला
सुन्तलाको प्रयोगले पनि दाँतलाइ सफा तथा स्वस्थ राख्न सकिन्छ । सुन्तलामा पर्याप्त पाइने भिटामिन सीले आइरन सोसेर दाँत स्वस्थ्य राख्न मद्दत पुर्याउँछ ।

५. स्याउ
नियमित स्याउ सेवन गर्नेहरुको दाँतलाई सफा र बलियो हुने गर्दछ । तर चपाएर खानुभन्दा स्याउको जुस खानु दाँतका लागी फाइदाकारी हुन्छ ।

६. सागपात
बलियो तथा सफा दाँत बनाइराख्न हरियो सागपातको सेवन लाभदायी हुन्छ ।

७. दुग्धजन्य पर्दाथ
दुग्धजन्य पर्दाथको सेवनले समेत दाँतलाई खिइनबाट जोगाउँछ । दूध, दही, चिज लगायताका दुग्धजन्य पदार्थमा ल्याक्टिक एसिड पाइन्छ यसले दाँतलाई खराब बनाउने एसिडबाट जोगाउँछ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : १८ बजे

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक

काठमाडौं–  सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके

दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए

दाङ– दाङमा १४ हजार बढी मतदाता थपिएका छन् । निर्वाचन

काठमाडौंका करणको आक्रामक ब्याटिङले लुम्बिनीले पायो १५८ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

इजरायलद्वारा वेस्ट ब्यांककबाट ५० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले मंगलबार वेस्ट ब्यांककमा व्यापक

दबाबमा काठमाडौंको ब्याटिङ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको