खर्च कम गर्न अपनाउनुस् यी ५ टिप्स ! « Khabarhub

खर्च कम गर्न अपनाउनुस् यी ५ टिप्स !


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अधिकांश मानिसको आम्दानी भन्दा खर्च बढी नै हुन्छ । कम खर्च गर्ने भन्दाभन्दै पनि मानिसहरुले बचत गर्न सकिरहेका हुँदैनन् ।

पैसा बचाउन सकिएन भने हैरान हुने मानिसहरु धेरै नै हुन्छन् । उनीहरुलाई आवश्यक र अनावश्यक खर्चको बारेमा पनि थाहा हुँदैन । तर आज हामी तपाईलाई कसरी पैसा बचत गर्न सकिन्छ भन्ने बारेमा जानकारी केही जानकारी दिनेछौँ ।

१. खर्च गर्नु भन्दा पहिला बचत गर्नुहोस्

धेरै मानिसहरु आफ्नो हरेक महिनाको स्यालरी खर्चको पैसा निकालेर बाँकि पैसा बचत गर्दछन् । तर तपाई साँच्चिकै बचत गर्न चाहानुहुन्छ भने तरिका परिवर्तन गर्नुहोस् । आम्दानीबाट जति बचत सम्भव छ त्यो गरेर बाँकीबाट खर्च गर्ने गर्नुहोस् ।

२. बजेट बनाएर खर्च गर्नुहोस्

आफ्नो स्यालरीको अनुसार तपाईले बजेट बनाउन सक्नुहुनेछ । औषधि, आत्कालीन, खाना आदि कुरामा पैसाको बजेट छुट्याउनुहो् । र पत्ता लगाउनुहोस् कि, कहाँ अनावश्यक खर्च भइरहेको छ । अनावश्यक भइरहेको खर्च कटौती गर्नुस् ।

३. आवश्यक र ईच्छामा फरक सोच बनाउनुहोस्

धेरैजसो मानिसहरु घुम्नलाई धेरै मन पराउँछन् ।  जे मन लाग्यो त्यो किन्छन् । त्यसैले आफ्नो आवश्यकता र इच्छामा फरक छुट्याउन सिक्नुहोस् ।

४. क्रेडिट कार्डको प्रयोग कम गरौँ

आज भोलि धेरै मानिसहरु प्लास्टिक मनिबाट किनबेच गर्दछन् । यो कार्डको चक्करमा धेरैजसोले यस्ता पनि कुराहरु किन्छन्, जो उनीहरुलाई आवश्यक नै छैन् । त्यसैले यस्ता कुरामा ध्या दिनुहोस् ।

५. सानो रकमबाट बचाउन सिक्नुहोस्

केही आवश्यक बाहेक आफ्नो सबै स्यालरी बचाउने बारेमा सोच्नुहोस् । सानो रकमले नै एकदिन ठूलो रकम जम्मा हुन्छ । यसतर्फ पनि विशेष ध्यान दिनु जरुरी रहन्छ ।

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : २५ बजे

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा