प्रदेश राजधानीमा सडकका ३६ योजना निर्माणाधीन « Khabarhub

प्रदेश राजधानीमा सडकका ३६ योजना निर्माणाधीन


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- गत आर्थिक वर्षमा एक हजार ८२० मिटर सडक मात्रै कालोपत्रे गरेर आलोचना खेपेको प्रदेश सरकारले यस वर्ष प्रदेश राजधानीका सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत वीरेन्द्रनगरमा सडकका ३६ योजना कार्यान्वयनमा रहेका छन् ।

निर्देशनालयका इन्जिनीयर सूर्य शाहीले ती सडक योजनाहरु प्रदेश राजधानी सहरी सडक, जनता सडक र समपुरक प्याकेजअन्तर्गत निर्माण भइरहेको जानकारी दिए ।

सडक निर्माणका लागि गत आर्थिक वर्ष पुस, माघ र जेठमा सम्झौता भएका थिए तर कोरोना भाइरसविरुद्ध अपनाइएको लकडाउनका कारण निर्माण रोकिएको थियो । प्रदेश सरकारले निर्माण आयोजनालाई ‘विशेष पास’ उपलब्ध गराएपछि ती सबै आयोजना जेठबाट सञ्चालनमा ल्याइएको हो ।

इन्जिनीयर शाहीका अनुसार रु ३७ करोड ८५ लाख लागतमा निर्माणाधीन सडक योजना चालु आवमै सम्पन्न गर्ने लक्ष्य छ । “लकडाउन खुकुलो भएसँगै असार मसान्तभित्र काम सक्ने गरी निर्माण व्यवसायीलाई ताकेता गरिएको छ”, उनले भने, “लकडाउनको शुरुआती चरणमा तीन महिना काम प्रभावित हुन पुग्यो, अहिले सबै आयोजनामा धमाधम काम भइरहेको छ ।”

हाल सडक विस्तार गरी नाली निर्माण र ग्राभेलको काम भइरहेको छ । निर्माणाधीनमध्ये ६० प्रतिशत सडक कालोपत्रे गर्ने र बाँकी सडकको स्तरोन्नति गर्ने लक्ष्य रहेको बताइएको छ । यस वर्ष प्रदेश सरकारले सुर्खेत उपत्यकामा २५ किमी कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ११ : ४० बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा