सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न ओली-प्रचण्ड छलफलमा « Khabarhub

सचिवालय र स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न ओली-प्रचण्ड छलफलमा


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।

अध्यक्ष ओलीलाई भेट्न अर्का अध्यक्ष प्रचण्ड केहिबेर अघि बालुवाटार पुगेका छन् । अध्यक्षद्वयबीच बिहीबारका लागि बोलाइएको सचिवालय बैठक र शक्रबारलाई बोलाइएको स्थायी कमिटी बैठकको एजेण्डाका विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

नेकपामा पछिल्लो समय देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र कार्यान्वयनका विषयमा पनि अध्यक्षद्वयबीच छलफल हुने बताइएको छ ।

नेकपामा मन्त्रिपरिषद, प्रदेश सरकार फेरबदल गर्ने विषयमा पछिल्लो समय पुनः विवाद देखिएको छ । कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्न नेताहरु नै आनाकानी गरिरहेको छ । त्यसैले पनि विवाद उत्पन्न भएका हुन् ।

दुई वर्ष मन्त्री भइसकेकाहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा व्यापक छलफल भएपनि निचोड भने निस्किएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमै कोही मन्त्री नहट्ने भन्दै ढुक्कले काम गर्न भनेका थिए ।

नेकपाका एकथरी नेताले कार्यदलले बुझाएको प्रतिवेदन अनुसार सम्पूर्ण समस्या हल हुने दाबी गर्दा माधवकुमार नेपाल पक्षधर नेताहरुले भने कार्यदलको प्रतिवेदन अस्पष्ट र अधूरो रहेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १२ : ०९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन