गगन थापाको प्रश्न - प्रजिअको आदेश मानेर जनता घरभित्र बस्दा सरकार के गर्दैछ ? | Khabarhub Khabarhub

गगन थापाको प्रश्न – प्रजिअको आदेश मानेर जनता घरभित्र बस्दा सरकार के गर्दैछ ?


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस सांसद तथा नेता गगन थापाले निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएर सरकार पन्छिन खोजेको आरोप लगाएका छन् ।

नेता थापाले प्रमुख जिल्ला अधिकारीहरुको विज्ञता शान्तिसुरक्षा कायम गर्ने मात्रै रहेको भएपनि सरकारले जनस्वास्थ्यमा विषेशज्ञता भएको जसरी सबै अधिकारी प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको भन्दै आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत नेता थापाले भनेका छन्,‘जिल्ला प्रशासनको विज्ञता शान्ति सुरक्षा कायम गर्न जारी गर्ने निषेधाज्ञामा हो । अहिले जारी गरिएको निषेधाज्ञा शान्ति सुरक्षा कायम गर्नका लागि गरिएको होईन । अहिलेको अवस्था जनस्वास्थ्यसंग जोडिएको विषय हो । फेरी जिल्ला प्रशासन र प्रजिअहरूको विषयगत विशेषज्ञता जनस्वास्थ्यको विषयमा पक्कै होईन । ’

संसदीय समितिमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौमा निषेधाज्ञा कायमै राख्नुपर्ने र दशैँसम्मै निषेधाज्ञा कायम राख्नुपर्ने र सेना परिचालन गर्नुपर्ने भनेको अबस्थामा त्यसको कारण समेत दिनसक्नुपर्ने नेता थापाको भनाई छ ।

उनले भनेका छन्,‘काठमाडौं उपत्यकाका प्रजिअले कसैले दशैँसम्म निषेधाज्ञा जारी राख्नुपर्ने र कसैले नाकामा सेना परिचालन गर्नुपर्ने जस्ता धारणा दिएको कुरा सञ्चार माध्यममा आइरहेको छ । सिडियोहरुले के को आधारमा यो धारणा दिदै हुनुहुन्छ ?’

जनस्वास्थ्यका विषयमा विज्ञहरुसँगको परामर्शका आधारमा सरकारले निर्णय गर्नुपर्ने भएपनि सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको नेता थापाको भनाई छ । ‘जनस्वास्थ्यको विषयलाई नजरअन्दाज गरेर निषेधाज्ञा जस्तो संवेदनशिल विषय कार्यान्वयन गर्ने निकायलाई नै सवै निर्णय गर्ने जिम्मेवारी पनि थोपेर राजनीतिक नेतृतव जसरी पन्छिन खोजेको छ यो दुर्भाग्यपूर्ण छ,’ नेता थापाले भनेका छन् ।

कोरोना महामारीका बेला सरकार निषेधाज्ञा लगाउने सिडियोको रुपमा र हरेक दिन कोरोनाको अपडेट दिने स्वास्थ्य मन्त्रालयको प्रवक्ताका रुपमा मात्रै देखिएको भन्दै नेता थापाले भनेका छन्,‘कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आईसोलेसनमा छ । संसद बन्द गरिएको छ, सरकार एक शब्द बोल्दैन, आमनागरिक र जनप्रतिनिधिको कुरा सरकारसम्म पुर्‍याउने सब माध्यम बन्द छन्, अनि प्रजिअको घोषणा र प्रवक्ताको अनुहार हेरेर हामीले सरकार पनि छ है भनेर मान्नु पर्ने ?’

केहीदिनअघि दुईसाता कडाइ गरेर परीक्षणको दायरा बढाउन आफुले दिएको सुझाव स्मरण गर्दै नेता थापाले निषेधाज्ञाको तीन सातासम्म पनि सरकारले केही काम नरेको दाबी गरेका छन् ।

निषेधाज्ञाका कारण रोग र भोक बाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छोड्दिन थालेको भन्दै उनले यस्तो अबस्थाको तत्काल अन्त्य गर्न माग गरेका छन् । ‘सीडीओ र प्रवक्ताको पछाडी लुकेर बसेको राजनीतिक नेतृत्व दुलोबाट निस्केर नागरिकसँग संवाद गर्ने हिम्मत गरोस् । अनेकन समस्याका बावजुद सीडीओको आदेश मानेर आम नागरिक घर भित्र बसिरहँदा, सरकार के गर्दै थियो त्यो बताओस् । स्वास्थ्यको क्षेत्रमा के के तयारी भयो ? संक्रमितको संख्या थपिँदा उपचार गर्न सक्ने क्षमता कति बढ्यो ? काम नै नगरिरहेको रेस्पोन्स सिष्टमलाई कहाँ कहाँ बदलियो ? के-के गर्दै जाने योजना छ? लकडाउन र निषेधाज्ञा कसरी उपयोग गर्ने सोचेको, वा लकडाउन गरिरहने सोच हो ?’

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १ : ४५ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना