कोरोनाका नाममा सरकारले भ्रष्टाचार गर्‍यो : देउवा « Khabarhub

कोरोनाका नाममा सरकारले भ्रष्टाचार गर्‍यो : देउवा


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाएका छन्।

कोरोनाले संक्रमण बढे पनि सरकारले पीसीआर परीक्षणको दायरा नबढाउने र आइसोलेसनहरू पर्याप्त नबनाएको देउवाको आरोप छ।

‘सरकारले कोरोनाका नामबाट पैसा भ्रष्टाचार गरेको छ,’ बीपीको १०७औं जन्मजयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले बुधबार गरेको कार्यक्रममा देउवाले भने, ‘पीसीआरको दायरा बढाएको छैन। अरू देशमा अस्पताल र आइसोलेसन बनाएका छन्। नेपालमा सरकारले केही मतलब गरेको छैन।’

स्वास्थ्य सामग्री खरिद लगायतमा अनियमितता भइरहेको भन्दै कांग्रेसले यसअघि पनि छानबिन गर्न माग गरेको थियो।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा आफूहरूले दिएको सुझावअनुसार काम नगरेको पनि देउवाको भनाइ थियो।

सरकारले जनताका प्रजातान्त्रिक अधिकार खोस्न खोजिरहेको आरोप पनि देउवाले लगाएका छन्।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : ५७ बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’