परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त « Khabarhub

परराष्ट्र सचिवमा भरतराज पौड्याल नियुक्त


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भरतराज पौड्याल परराष्ट्र सचिवमा नियुक्त भएका छन् । पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए ।

वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । वरिष्ठतालाई नै कायम राखेर पौड्याललाई जिम्मेवारी दिइएको हो ।

यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन् ।

यसअघि तीन जनाको नाम सचिवको रुपमा अगाडि आए पनि सरकारले वरिष्ठतालाई नै आधार मानेर सचिव नियुक्त गरेको हो ।

भर्खरै पाकिस्तानका लागि नेपालको राजदूतको जिम्मेवारी सम्हालेर आएकी सहसचिव सेवा लम्साल र न्युर्योकस्थित नेपालको संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगका प्रमुख तथा सचिव अमृतकुमार राई पनि सचिवका दाबेदारका रुपमा थिए ।

पौड्याल सचिव भएसँगै राईले आफ्नै जिम्मेवारी सम्हालिरहने छन् भने लम्साललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको छ । यसअघि पौड्यालले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १२ : ०२ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा