‘हल्ट प्राइज’ अब नामी कलेजमा « Khabarhub

‘हल्ट प्राइज’ अब नामी कलेजमा


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘हल्ट प्राइज’ अब नामी कलेजमा हुने भएको छ ।

वार्षीक रूपमा हल्ट इन्टरनेसनल विजनेश स्कूल र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रुपमा आयोजना हुने विश्व प्रख्यात ‘हल्ट प्राइज’ प्रतियोगिता नेपालमा सन् २०१६ देखि सञ्चालनमा आएको हो ।

सन् २०१० मा अहमद असिरद्वारा सञ्चालित यस प्रतिस्पर्धा विद्यालयहरुको ‘नोबेल प्राइज’को नामले प्रख्यात छ । सन् २०२० र २१ सम्म आइपुग्दा यो प्रतियोगिता विश्वका १२१ देशका २००० भन्दा बढी कलेज तथा विश्वविद्यालयहरुमा आयोजना हुन लागेको छ ।

’हल्ट प्राइज’ व्यवसायको माध्यमबाट विश्वव्यापी रूपमा रहेका सामाजिक समस्या समाधान गर्ने लक्ष्यका साथ सुरु गरिएको एक उत्कृष्ट आयोजना हो। प्रत्येक वर्ष ’दिगो विकास’ सम्बन्धित एक विषयमा केन्द्रित रहेर घोषणा हुने यस प्रतियोगिताको यस वर्षको विषय ’फूड फर गुड’ रहेको छ ।

यस प्रतियोगितामा भाग लिएका प्रत्येक संस्थाका प्रतिस्पर्धीहरुले तोकिएको विषयमा स्वतन्त व्यावसायिक योजना तयार पार्नुपर्ने हुन्छ । मुख्य प्रतिस्पर्धा पूर्व हरेक संस्थामा आन्तरिक ‘अन क्याम्पस’ प्रतियोगिता सञ्चालन गर्नुपर्ने हुन्छ ।

संस्था भित्रका सहभागी टिमको आन्तरिक मूल्यांकनपछि विजयी टिम रिजनलप्रतियोगिताको लागि योग्य मानिन्छ । मूख्य प्रतिस्पर्धा भने रिजनलपछि सञ्चालन हुने एक्सेलेरेटर प्रतियोगिताका विजयीको बीचमा हुन्छ । उक्त सामाजिक विषयमा केन्द्रित व्यावसायिक योजना कार्यान्वयनको प्रयोजनको रुपमा विजयी टिमले रू १ मिलियन अमेरिकी डलर पाउनेछ ।

यस वर्ष नेपालको लगभग सबै विश्वविद्यालयमा हल्ट प्रतिस्पर्धा संगठित हुन लागेको छ । जोरपाटीको नामी कलेजमा भने यो प्रतियोगिता पहिलो पटक हुन लागेको छ । विश्वब्यापी फैलिएको महामारीले निम्त्याएको यो विषम परिस्तिथिका कारण यो वर्ष यो प्रतिस्पर्धा अनलाइन नै हुने भएको छ । क्याम्पस प्रतिनिधि अनिशा चापागाईंको नेतृत्वमा १३ जनाको आयोजक समिति यस प्रतियोगिताको लागि तयार पारिएको छ ।

बीबीए वातावरण विज्ञान र आइटी विषयको अध्ययन हुने यस कलेजका विद्यार्थीहरु यस हल्ट प्रतिस्पर्धाका लागि निकै उत्सुक देखिन्छन् । खाद्य संकट मानव अस्तित्वमा नै असर पार्न सक्ने विश्वका गम्भीर समस्यामध्ये प्रमुख समस्या समाधानको भावना विकास गर्नु अत्यावश्यक छ ।

यसरी विश्वमा रहेका मुख्य समस्याहरुको चालिएको उत्कृष्ट कदममा सहभागी हुन पाउनु र आफ्नो सोच र सिर्जनशीलताको प्रदर्शन गर्न पाउनु आफैमा विद्यार्थीहरुको लागि सुनौलो मौका हो । साथै विश्वव्यापी स्तरको प्रतियोगितामा सहभागी भएर अनुभव बटुल्न, व्यक्तित्व विकास गर्न, आफ्नो संसारसामु पेश गर्न यो उत्कृष्ट अवसर पनि हो ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १२ : ०८ बजे

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका

क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक 

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको