जापानले १२ देशलाई यात्रा अनुमति दिने | Khabarhub Khabarhub

जापानले १२ देशलाई यात्रा अनुमति दिने


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ ।

कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो ।

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् ।

सरकारले अत्यावश्यक काम परेका र आउनै पर्ने अवस्थामा रहेकाहरुलाई मात्रै यात्रा अनुमति दिन लागेको हो । जापानले अहिले विश्वका १५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ ।

जापान आउनुअघि यात्रुहरुले कोरोनाभाइरस परीक्षण गराई नेगेटिभ रिपोर्ट आएको कागजपत्र देखाउनु पर्नेछ । त्यसैगरी उनीहरुलाई जापान आइसकेपछि १४ दिनसम्म घरमै आइसोलेसनमा बस्नु पर्ने र त्यस अवधिमा सार्वजनिक यातायातका साधन प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ ।

यो नियमहरुको कार्यान्वयनको जिम्मेबारी आगन्तुकलाई “स्पोन्सर” गर्ने व्यक्ति वा कम्पनीले लिनु पर्ने शर्त पनि राखिएको छ ।

शुरुमा दैनिक एक हजार जना विदेशीलाई मात्रै आउन दिने जापान सरकारको योजना छ । यो संख्या विस्तारै बृद्धि गरिदै लैजाने अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १ : ३८ बजे

सनाले गर्यो १३५ नाल हतियारहरू बरामद, भागेका कैदीहरू मध्ये ४३ नियन्त्रण 

काठमाडौं– नेपाली सेनाले हालसम्म विभिन्न स्थानहरूबाट १३५ नाल हतियारहरू बरामद

झलनाथ खनालको निवास पूर्ण रूपमा ध्वस्त (तस्बिरहरू)

काठमाडौं– पूर्व प्रधानमन्त्री झलनाथ खनालको निवास पूर्णरूपमा ध्वस्त  भएको छ

प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवास पुगेका

राष्ट्रपति पौडेल र पूर्वप्रधानन्यायाधीश कार्कीको वार्तामा ढिलाइले सरकार गठनमा अलमल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको शुक्रबार

प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु

काठमाडौं- जेनजी आन्दोलनको क्रममा जलेका प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन