बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा-  स्याङ्जामा बसले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै दुई जनाको ज्यान गएको छ ।

सिदार्थ राजमार्ग सडकखण्ड अन्तर्गत भीरकोट नगरपालिका–१ हेलुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

वालिङको पाइनिज हायर एजुकेसन एकेडेमी स्कुलको ग १ क ४३७० नम्बरको बसले हेलुबाट वालिङतर्फ आउँदै गरेको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भीरकोट नपा–३ बानेथोक घर भइ हाल कपिलवस्तु बस्दै आएका ३१ वर्षीय गुप्तबहादुर खत्री र सोही ठाउँ घर भइ हाल वालिङ–१ रामबाच्छा बस्दै आएका ५५ वर्षीय ढालबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार घाइते भएका दुवै जनालाई उपचारको लागि कालिका सामुदायिक अस्पताल हेलु लगिएको थियो ।

उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेका हुन् । प्रहरीले बस चालक भीरकोट निवासी ५६ वर्षीय गंगाबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ३७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर