बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु « Khabarhub

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा-  स्याङ्जामा बसले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै दुई जनाको ज्यान गएको छ ।

सिदार्थ राजमार्ग सडकखण्ड अन्तर्गत भीरकोट नगरपालिका–१ हेलुमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

वालिङको पाइनिज हायर एजुकेसन एकेडेमी स्कुलको ग १ क ४३७० नम्बरको बसले हेलुबाट वालिङतर्फ आउँदै गरेको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भीरकोट नपा–३ बानेथोक घर भइ हाल कपिलवस्तु बस्दै आएका ३१ वर्षीय गुप्तबहादुर खत्री र सोही ठाउँ घर भइ हाल वालिङ–१ रामबाच्छा बस्दै आएका ५५ वर्षीय ढालबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार घाइते भएका दुवै जनालाई उपचारको लागि कालिका सामुदायिक अस्पताल हेलु लगिएको थियो ।

उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेका हुन् । प्रहरीले बस चालक भीरकोट निवासी ५६ वर्षीय गंगाबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ६ : ३७ बजे

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा