इराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र शुरु गरिने | Khabarhub Khabarhub

इराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र शुरु गरिने


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इराकमा यही नोभेम्बर महिनाको अन्त्यदेखि नयाँ शैक्षिक सत्र शुरु गरिने भएको छ ।

सरकारी अधिकारीहरुले नोभेम्बर २९ देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको जनाइएको छ ।

अधिकारीहरुका अनुसार इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीको उपस्थितिमा बसेको स्वास्थ्य तथा सुरक्षासम्वन्धी उच्चस्तरीय आयोगको बैठकले शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको हो ।

आयोगको बैठकमा भएको सहमतिअनुसार शिक्षा मन्त्रालयले आवश्यक प्रवन्ध गर्ने जानकारी दिइएको छ ।

यसअघि उप–शिक्षा मन्त्री फलाह अल क्विसीले गत अक्टोबर २७ का दिन प्रेस वक्तव्य जारी गर्दै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए ।

शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भने स्वास्थ्य सतर्कतासम्वन्धी आधारभूत मापदण्डको भने पालना गरिने उनले स्पष्ट पारे ।

यसअघि लागु हुँदै आएको पाठ्यक्रममा संशोधन गरी नयाँ अवस्था अनुसारको नयाँ पाठ्यक्रम बनाउने कार्य भइरहेको पनि उनले जानकारी दिएका छन् ।

त्यसैगरी अध्ययन अध्यापन कार्य विद्युतीय माध्यम तथा शैक्षिक टेलिभिजन च्यानल मार्फत् गर्ने बारेमा पनि सोँचविचार भइरहेको उनको भनाइ छ ।

अधिकारीहरुले शैक्षिक क्रियाकलाप सुचारु गराउने निर्णय गरिरहँदा पछिल्लो एक दिनमा इराकमा दुई हजार ८८० जना सङ्क्रमित भएका छन् ।

योसँगै इराकमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या चार लाख ९६ हजार १९ पुगेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : ०६ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई