इराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र शुरु गरिने « Khabarhub

इराकमा नोभेम्बरको अन्त्यमा नयाँ शैक्षिक सत्र शुरु गरिने


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इराकमा यही नोभेम्बर महिनाको अन्त्यदेखि नयाँ शैक्षिक सत्र शुरु गरिने भएको छ ।

सरकारी अधिकारीहरुले नोभेम्बर २९ देखि नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको जनाइएको छ ।

अधिकारीहरुका अनुसार इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीको उपस्थितिमा बसेको स्वास्थ्य तथा सुरक्षासम्वन्धी उच्चस्तरीय आयोगको बैठकले शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको हो ।

आयोगको बैठकमा भएको सहमतिअनुसार शिक्षा मन्त्रालयले आवश्यक प्रवन्ध गर्ने जानकारी दिइएको छ ।

यसअघि उप–शिक्षा मन्त्री फलाह अल क्विसीले गत अक्टोबर २७ का दिन प्रेस वक्तव्य जारी गर्दै शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए ।

शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भने स्वास्थ्य सतर्कतासम्वन्धी आधारभूत मापदण्डको भने पालना गरिने उनले स्पष्ट पारे ।

यसअघि लागु हुँदै आएको पाठ्यक्रममा संशोधन गरी नयाँ अवस्था अनुसारको नयाँ पाठ्यक्रम बनाउने कार्य भइरहेको पनि उनले जानकारी दिएका छन् ।

त्यसैगरी अध्ययन अध्यापन कार्य विद्युतीय माध्यम तथा शैक्षिक टेलिभिजन च्यानल मार्फत् गर्ने बारेमा पनि सोँचविचार भइरहेको उनको भनाइ छ ।

अधिकारीहरुले शैक्षिक क्रियाकलाप सुचारु गराउने निर्णय गरिरहँदा पछिल्लो एक दिनमा इराकमा दुई हजार ८८० जना सङ्क्रमित भएका छन् ।

योसँगै इराकमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या चार लाख ९६ हजार १९ पुगेको इराकी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : ०६ बजे

खामेनीको अन्त्येष्टिबीच अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच सैन्य आक्रमणको श्रृङ्खला जारी रहँदा, इरानका दिवंगत

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६