देशभर चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो | Khabarhub Khabarhub

देशभर चिसो बढ्यो, हुम्लाको तापक्रम माइनसमा झर्‍यो


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ । यो जाडो सुरू भएयताको कै कम तापक्रम भएको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.७ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको मौसमविद् विभूती पोखरेलले जानकारी दिइन् ।

मुलुकका पहाडी भू-भागमा दिउँसो आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने  सफा रहने महाशाखाले जनाएको छ।

मंगलबार भने कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : ०२ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र