प्रचण्डनिकट नेताहरु अनुपस्थित भएपछि ओलीसँगको कार्यदलको बैठक स्थगित « Khabarhub

प्रचण्डनिकट नेताहरु अनुपस्थित भएपछि ओलीसँगको कार्यदलको बैठक स्थगित


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट विघटित कार्यदलका सदस्यहरु अनुपस्थित भएपछि अर्का अध्यक्षसँग गर्ने भनिएको कार्यदलका सदस्यहरुसँगको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

कार्यदलका ६ सदस्यमध्ये प्रचण्ड समूहका जनार्दन शर्मा र पम्फा भुसाल अनुपस्थित भएपछि छलफल स्थगित भएको हो।

ओलीसँग छलफल गर्न भन्दै कार्यदलका सदस्य खासगरी ओली निकट शंकर पोखरेल, विष्णु पौडेल र नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयको हलमा कुरिरहेका थिए ।

प्रचण्ड निकट दुई जनानै बैठकमा उपस्थिति नहुने भएपछि अन्य कार्यदलका सदस्यहरुले मात्रै ओलीसँग छलफल गर्नुको कुनै अर्थ नभएको भन्दै उनीहरु त्यहाँबाट उठेका थिए ।

नेता रावलले आफूहरुले छलफलका लागि ओलीसँग समय मागेको तर बालुवाटार छिरेपछि मात्रै नेता शर्मा र भुसालले खबर गरेको र आफूहरुले उनीहरुको उपस्थितिबिना प्रधानमन्त्री ओलीसँग छलफल गर्न नचाहेको बताए ।

नेकापमा उत्पन्न विवाद समाधानका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ‘विवाद समाधान कार्यदल’ गठन गरिएको थियो ।

सोही कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा भदौ २६ गते स्थायी कमिटी बैठकले १५ बुँदे प्रस्ताव पारित गरिएको थियो ।

भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्कने निश्चित समय(कट अफ डेट) निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने निर्णय पनि सोही दिन गरिएको थियो ।

तर त्यसको २० दिनपछि ओलीले एकलौटी राजदूत नियुक्ति गरेपछि नेकपामा देखिनेगरी विवाद सुरु भएको थियो ।

हाल आएर अविश्वासको प्रस्ताव दर्ता र दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न कसले पहिले हात छोड्ने भन्नेमा छलफल जारी छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ४ : २३ बजे

विश्वकप : रोनाल्डो–रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान