राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ‘मैले बुझेको गान्धी’ पुस्तकको लोकार्पण « Khabarhub

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ‘मैले बुझेको गान्धी’ पुस्तकको लोकार्पण


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका महामहिम राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा ‘मैले बुझेको गान्धी’ नामक पुस्तकको लोकार्पण गरेकी छिन् ।

भारतका राष्ट्रपिता मानिने महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको आज लोकार्पण गरिएको हो ।

गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको भारतीय राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

पुस्तकमा गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई समावेश गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकाशनले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ जसका जीवन तथा आदर्श सदा अमर र आज पनि उत्तिकै सान्दर्भिक छ ।’

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : ४१ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका