पर्सामा १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ « Khabarhub

पर्सामा १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज- पर्सा प्रहरीले १६ लाख रूपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी कृष्णकुमार जैनको साथबाट प्रहरीले १६ लाख रूपैयाँ बरामद गरेको जनाएको छ ।

उनलाई वीरगन्ज महानगरपालिका ७ माईस्थान अगाडिबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जानकारी दिए ।

उनका अनुसार अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको छ भन्ने खबर प्राप्त भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकम बरामद गरेको हो ।

जैनलाई बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी कुँवरले जनाए ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ५ : ५४ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.