पिफाइजरले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत सुरक्षित भएको दाबी  « Khabarhub

पिफाइजरले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत सुरक्षित भएको दाबी 


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पिफाइजर र बायोएनटेकले निर्माण गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको बिबिसीले उल्लेख गरेको छ।

खोप निर्माणकर्ता ‘पिफाइजर र बायोएनटेक’ ले यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको घोषणा गरेका छन् ।

उनीहरुले निर्माण गरेको खोप छ वटा देशमा ४३ हजार बढी मानिसहरुमा परीक्षण गरिएको थियो ।

उक्त कम्पनीले यही महिनाको अन्त्यसम्ममा आपतकालीन प्रयोगका लागि स्वीकृति लिने बताएको छ ।

अहिले विश्वभर एक दर्जन भन्दा बढी कम्पनीहरु खोप परीक्षणको अन्तिम चरणमा छन् । ती मध्येमा पिफाइजर नतिजा सार्वजानिक गर्ने पहिलो कम्पनी बनेको छ ।

यो खोप तीन हप्ताको अन्तरमा यसका दुई डोज आवश्यक पर्ने बताइएको छ ।

अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएका मानव परीक्षणहरुमा यसले दोस्रो डोजको सात दिनपछिसम्म पनि ९० प्रतिशतलाई सुरक्षित राख्न सफल भएको अनुसन्धानमा उल्लेख छ ।

पिफाइजरका अनुसार यो वर्षको अन्त्य सम्म ५ करोड डोज उत्पादन हुन सक्छ । पिफाइजरका प्रमुख डाक्टर अल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरका मानिसहरुलाई यो विश्वव्यापी स्वास्थ्य संकटबाट निकाल्नको केबल एक कदम पछि छौँ ।’

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : २९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु