सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले  यसअघि गरेको निर्णय सच्याउँदै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरिएकोमा अब सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय भएको एक मन्त्रीले खबरहबलाई बताए ।

उनले भने, ‘अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ, सरकारी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार गरिने निर्णय भएको छ ।’

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।

फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उल्टयाउँदै सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोनाको भ्याक्सिन बन्नासाथ नेपालमा ल्याउने पहल गर्न अर्थ, परराष्ट्र र स्वास्थ्य सचिव रहेको कमिटी समेत बनाउने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।

यसैगरी बैठकले मन्त्रिहरुको आगामी चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ११ : ०६ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल