घरमा बन्द गरेको धारा चुहिने समस्या छ ? « Khabarhub

घरमा बन्द गरेको धारा चुहिने समस्या छ ?


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु अनुसार घरको धाराबाट वा ट्न्याकिबाट पानी चुहिने समस्या छ भने त्यसलाई तुरुन्त ठिक गर्नुहोस् । अन्यथा पानी झै घरको धन वा पैसा बगेर जान्छ । यसका साथै घरमा कहिल्यै धन टिक्दैन र आर्थिक हानि हुने संभावना रहन्छ ।

घरको भान्सा, बाथरूम वा अन्य कुनै स्थानमा लागेका धाराबाट पानी चुहिन्छ भने यसलाई अशुभ मानिन्छ । यसरी बन्द धाराबाट पानीका थोपाथोपा चुहिदाँ घरमा नकारात्मक ऊर्जाको वास हुने गर्दछ । साथै पानीको व्यर्थ हुनु वा बग्नु नराम्रो मानिन्छ । वास्तु अनुसार जुन घरमा धारा चुहिन्छ त्यहाँ ब्यर्थ खर्च हुने गर्दछ ।

वास्तु अनुसार यसरी बन्द धाराबाट पानी बग्दा यसले नचाहिँदा शीर्षकमा ब्यर्थको खर्च हुने संकेत मानिन्छ । वास्तुले घरको भान्साबाट लगातार बन्द धारा चुहिनु अशुभ मान्दछ । खासमा किचनमा अग्नीको वास हुने गर्दछ । जहाँ आगो र पानी एक साथ भए समस्या र अनावश्यक खर्च बढ्ने गर्दछ ।

वास्तु शास्त्र अनुसार उत्तर पूर्व दिशा पानीको ट्यांक राख्नु शुभ मानिन्छ । यस दिशामा पानीको स्थान भए धन र आर्थिक समृद्धि आउने गर्दछ । जबकि दक्षिण पश्चिम दिशा अर्थात नैऋत्य कोणमा पानी ट्याकी हुनु अशुभ मानिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ५ : ५९ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा