आज २०७७ मंसिर २४ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०७७ मंसिर २४ गते बुधबारको राशिफल


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ मंसिर २४ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वाहन लाभ रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज स्वादिष्ट भोजन पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईनेछ । सन्तान सुख मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
सानातिना समस्यामा अल्झिनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ५ : ३१ बजे

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस– सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक

मेलम्ची संघर्ष समिति गुनासो : काठमाडौंबासीले खानेपानी पाउँदा हामीले केही पाएनौँ, मुहानको ताला खोल्दैनौँ

सिन्धुपाल्चोक, हेलम्बु- मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले माग पूरा नभएकाले

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको !

काठमाडौं– ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग